हेटौँडा – नेकपा एमाले बकैया गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा मिनबहादुर आलेमगर चयन हुनुभएको छ । आज बकैया ४ मा भएको अधिवेशनले आलेमगरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । कमिटिको उपाध्यक्षमा कुमारी लो,, सचिवमा दिपकप्रसाद घिमिरे उपसचिवहरुमा प्रमिला तिमल्सिना दाहाल र दिपक दुलाल चयन भएको हो ।