हेटाैंडा– नेपालमा बुधबार दुई सय एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।  मङ्गलबार अपराह्नसम्म सङ्क्रमितकाे सङ्ख्या दुई हजार ९९ रहेकाेमा आज दुई सय एक जना थपिएका हुन् । याेसँगै नेपालमा काेराेना सङ्क्रिमतकाे कुल सङ्ख्या दुई हजार तीन सय पुगेकाे छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ७९ जना पुरुष र २२ जना महिला गरी जम्मा २ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार विराटनगर प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा धनकुटाका १ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ७ जना, ताप्लेजुङका ३ जना, झापा, पाँचथर, र सप्तरीका १–१ जना गरी कुल १३ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जना, सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा सल्यानका २ जना र दैलेखका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका २ जना, झापा, तेह्रथुम र सुनसरीका १–१ जना गरी जम्मा ५ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जना गरी जम्मा ५ जना, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ६७ जना, रुपन्देहीका २६ जना र पाल्पाका २ जना गरी जम्मा ९५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटको ७ जना र दैलेखका ६ जना गरी जम्मा १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा जनकपुरका ९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ५ जना, प्युठानका २ जना र सल्यानका १ जना गरी जम्मा ८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना, काठमाडौका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना सर्लाहीका १५ जना, तथा धनुषा रुपन्देही र सिन्धुपाल्चोकका १–१ जना गरी जम्मा ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ६४ जिल्लाका २ हजार १ सय ३० जना पुरुष र १ सय ७० जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । यसैगरी आज थप १२ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म कूल २ सय ७८ जना उपचार पछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा देवकोटाले आज जनकपूर अस्पताल बाट ५ जना, टेकु अस्पताल काठमाडौबाट १ जना, युनिफाईड कोभिड १९ अस्पताल बलम्बुबाट १ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट ५ जना कोरोना मुक्त भई घर पर्किएको जानकारी दिनुभयो । हाल सम्म २ सय २२ जना पुरुष र ५६ जना महिला कोरोना भाईरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयकले जनाएको छ ।