मकवानपुर– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले आम नागरिकले परिर्वतनको अनुभुति गर्नेगरि काम गर्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेशका स्थानिय तहका उपप्रमुखहरुकालागि योजना तर्जुमा, राजश्व अनुगमन तथा न्यायीक विषयक प्रशिक्षणको आज हेटौंडामा उद्घाटन गर्दै मन्त्री जमकट्टेलले देश नयाँ संरचनामा गएको अहिलेको अवस्थामा हाम्रो व्यवहारमा पनि नयाँपन आउनुपर्ने बताउनुभयो ।
मन्त्री जमकट्टेलले जनप्रतिनिधिले गर्ने काममा नयाँ पन आउनुपर्ने भन्दै न्यायीक समितिमा रहेर निश्पक्ष रुपमा काम गर्न लागि उपप्रमुखहरुलाई निर्देशन समेत दिनुभयो । व्यवस्था परिर्वतन भए पनि अहिले पनि अवस्थामा परिर्वतन नआएको भन्दै उहाँले कति पय स्थानिय तहमा उपप्रमुखहरुलाई काम गर्न असहज भएको आफुले थाहा पाएको बताउनुभयो । जनताका पक्षमा काम गर्दा केहि असहजता भए पनि नआत्तिन उहाँले आग्रह पनि गर्नुभयो । प्रदेश सरकार सधै स्थानिय तहलाई जिम्मेवार बनाउन प्रतिबद्ध रहेको मन्त्री जमकट्टेले बताउनुभयो । प्रदेश सरकारले स्थानीय तहमा न्यायीक समितिका काममा सघाउनका कानूनी सहजकर्ता पठाइएको भन्दै उहाँले कानूनी सहजकर्ता पठाएका स्थानीय तहमा धेरैले राम्रो संग काम गरेको बताउनुभयो । तर, केही स्थानीय तहमा सहजकर्तालाई हाजिर समेत नगराउँदा समस्या समेत परेको उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला समन्वय समिति मकासंघ बागमति प्रदेशका अध्यक्ष रघुनाथ खुलालले स्थानिय तहका उपप्रमुखहरुलाई अझ धेरै प्रशिक्षणको अभाव रहेको बताउनुभयो । नयाँ अभ्यासमा काम गर्दा पनि जनतालाई केन्द्रीत गरेर काम गर्न उहाँले आग्रह गर्नुभएको छ । यस्ता प्रशिक्षणहरु आवश्यक रहेको भन्दै पहिले नै प्रदान गरिनु पर्ने उहाँले बताउनुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ३ दिने प्रशिक्षण आजबाट हेटौंडामा सुरु भएको हो ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान का कार्यकारी निर्देशक पीत कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, भरतपुर महाँनगरपालिकाका उपप्रमुख पार्वती ठकुरी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।