हेटौंडा । सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र स्वास्थ्य मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको हो ।
यस संस्थाले पाँच वर्षसम्मका लागि पक्षघातको औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधि पक्षघातको उपचारमा प्रयोग हुने र एउटाकै मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्ने जनाइएको छ ।
पोखरामा भएको एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अमेरिकी सहयोगमा प्राप्त हुने औषधि संघीय तथा प्रदेश अस्पताल मार्फत निःशुल्क वितरण गरिने जानकारी दिनुभयो । नेपालमा पक्षघातबाट हरेक वर्ष झण्डै आठ सय जनाले ज्यान गुमाइरहेको तथ्याङ्क छ ।