काठमाडौँ–नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नवनियुक्त मन्त्री थापाले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
नवनियुक्त मन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै गृह मन्त्रालयको जिम्मेवारीमा नियुक्त गर्नुभएको थियो । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।
