काठमाडौं – नेकपा एमालेले चैत्र ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले चैत्र ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । त्यस्तै चैत्र ७ गते पोलिट्ब्यूरो समितिको बैठक हुने र १३ गते स्थायी कमिटीको बैठक बस्ने उहाँले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ ।