मकवानपुर– मकवानपुरमा आव २०७५/0७६ मा दुई हजार ३ सय ६७ जनाले सुरक्षित गर्भपतनको सेवा लिएको पाइएको छ । अन्तराष्ट्रिय संस्था आईपासको सहयोगमा महिला तथा बालबालिका सुधार केन्द्र ९ओचिन०ले मकवानपुरमा गरेको कार्यक्रम र योजनाको बारे जानकारी दिने उद्देश्यले पत्रकारबीच गरिएको अन्तरक्रियामा उक्त तथ्याङक प्रस्तुत गरिएको थियो ।

सुरक्षित गर्भपतन सम्बन्धी पत्रकारहरुसंग छलफल गर्दै मकवानपुरमा भएका सुरक्षित गर्भपतनको अवस्था, समस्या र चुनौतीको बारेमा अन्तरक्रिया गरिएको थियो । मकवानपुमा १७ सुचिकृत सरकारी स्वास्थ्य संस्था ८ स्वास्थ्य संस्था हरुबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन भइरहेको ओचिनका कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले बताईन्, । हेटौंडा जिल्ला अस्पताल सहित मकवानपुरका विभिन्न स्थानिय तहहरुमा सेवा लिन सकिने संयोजक सापकोटाले बताइन्, ।

उनले प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी, पालुङग ८ , छतिवन र मनहरी, मातृशिशुुुुुु क्लिनिक हेटौडा ८, हात्तीसुढे सामुदायिक स्वास्थ्य इकाई, स्वास्थ्य केन्द्र सिस्नेरी( ८ , बज्रबाराही ,पदमपोखरी – ८,सरिखेत( ८, राइगाउँ, हाडीखोला , भेैंसे – ८, आग्रा – ८ नामटर – ८ र बेतिनीमा सेवा लिन सकिने बताईन्, । सुरक्षित गर्भपतनको लागि हेटौंडामा निजि क्लिनिकहरुमा मेरीस्टोप सेन्टर, परिवार नियोजन संघ र सुनौलो भविष्य नेपाल रहेको बताईन्, ।
कार्यक्रममा सुरक्षित गर्भपतन सम्बन्धी समाचार संकलन, लेखन र सम्प्रेक्षण गर्दा पत्रकारमा हुनुपर्ने ज्ञानसीप, पत्रकारको भूमिका र शब्द चयनका विषय छलफल गरिएको थियो । आइपासका पिताम्बर सिग्देलले मिडियाले के गर्छ, यसको भूमिका, सुरक्षित गर्भपतन सम्बन्धी समाचार संकलन, लेखन र सम्प्रेक्षण, समाचारको वर्तमान अवस्था, नेपालमा गर्भपतनको कानुनी मान्यता पाउनु अगाडीको अवस्था र हालको अवस्थाबारेमा जानकारी दिएका थिए । नेपालमा पछिल्लो समयमा प्रजनन स्वास्थ्य सम्बन्धी रिर्पोटिङको अवस्थामा लान्छना, भ्रम र तथ्य, भाषा प्रयोगका लागि सुझाव र शीर्षक कस्तो रहने भन्ने बताएका थिए । सुरक्षित गर्भपतन सम्बन्धी कानुन त संघीय सरकारले बनाए पनि नियमावली नबनेकाले ठुलो समस्या रहेको उनले बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख ठाकुर पौडेल, ओचिनका प्रमुख उद्धव बानियाँ,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।