मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणना अन्तरगत वडा नम्बर एकको दुई सय मत गणना सकिएको छ । २०० मत गन्दा नेकपा एमालेबाट मेयरमा अनन्त पौडेलले ७१ मत पाएका छन् भने गठबन्धनको मेयर पदकी उम्मेद्वार मिना लामाले ६५ र राप्रपाका दीपक बहादुर सिंहले ४२ मत ल्याएका छन् ।
यस्तै गठबन्धनबाट उपमेयर पदमा राजेश बानियाले ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२ मत प्राप्त गरेकि छन् । वडा अध्यक्षमा नेपाली गठबन्धनबाट सबिन न्यौपानेले ९२ मत पाउँदा नेकपा एमालेको उम्मेदवार उत्तम पौडेलले ८९ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार सुजन साहिले ८ मत प्राप्त गरेका छन् । मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा जारी रहेको छ । हेटौँडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना एकै पटक सुरु भएको छ । हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।