मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । जारी मतगणना अन्तगत वडा नम्बर १ को ५८४ मत गन्दा गाउँपालिका अध्यक्षमा नेकपा एमालेले ११८, नेपाली कांग्रेसले २९७, नेकपा (एकीकृत समाजवादी) ले ६५, राप्रपाले ७ र जसपा ले ४ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमाल १०३, नेकपा माओवादी केन्द्र १२८, नेकपा(एकीकृत समाजवादी) ९९ र राप्रपाले ७ मत प्राप्त गरेको जनाईएको छ । यस्तै वडाअध्यक्षमा नेपाली कांग्रेस – ३१८, नेकपा एमाले – १०५,नेकपा (एकीकृत समाजवादी) – ९८, राप्रपा – ३ मत प्राप्त गरेको छ । निर्वाचनअन्तर्गत शुक्रवार जिल्लाको १६५ स्थानमा ३५६ मतदान केन्द्र÷उपकेन्द्रबाट मतदाताले मतदान गर्नुभएको थियो ।