चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित बृहत भेला सुरु भएको छ । भेलालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गरिरहरनुभएको छ । सभालाई संवोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुर– १० मा बन्न लागेको सिटीहल (सभाहल) को शिलान्यास गर्नुभएको थियो ।

शिलान्यासपछि प्रधानमन्त्रीले केन्द्रीय बस टर्मिलनमा भईरहेको बृहत आमसभालाई सम्बोधन गर्न पुग्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत नेकपाका नेतहहरुको उपस्थिति छ ।