चितवन– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सरकारले पूर्व पश्चिम राजमार्ग लगायत देशका मुख्य राजमार्गहरूको स्तरोन्नति गरिने बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनद्वारा भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री नेम्बाङले हाल देशभर ३ हजार भन्दा बढी किलोमिटर बाटो निर्माण भइरहेको बताउनु भयो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा ६ लेनको बाटो शिलान्यास गर्नुभएको बताउँदै उहाँले देशको विकास र निकास नेकपाको सरकारले मात्र दिने बताउनुभयो । उहाँले निर्वाचनबाट नयाँ जनादेश लिन सबै दललाई निर्वाचनमा सहभागी हुन समेत मन्त्री नेम्वाङले अनुरोध गर्नु भयो ।
नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सह इन्चार्ज काशीनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोख्रेल, केन्द्रीय सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली, प्रदेश कमिटी सदस्य प्रकाश खनाल शैलेस, नेकपा नेता तथा राष्ट्रिय सभा सांसद पार्बती रावल लगायतले मन्तव्य व्यक्त गर्नु भएको छ । कार्यक्रममा बिष्णुहरि तिमिल्सिना सहित विभिन्न पार्टी परित्याग गरी सयौँ व्यक्तिहरू नेकपामा प्रवेश गर्नुभएको छ । सभालाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शहरी विकासमन्त्री प्रभु शाह, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौड्याल लगायतले संशोधन गर्ने कार्यक्रम छ ।