फागुन १६, हेटाैंडा । अमेरिका र इरान युद्धका कारण संयुक्त अरब इमिरेट्स (यूएई)स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
दूतावासले विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावास–महावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो । विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ ।










