हेटौंडा– मकवानपुरको विकट राक्सिराङ गाउँपालिका गाँजा उत्पादन र बिक्रि बितरणको हिसाबले बदनाम रहेको छ । जिल्लाकै विकट उत्त गाउँपालिकामा वर्षेनी गाँजा ओसार पसार र बिक्रि वितरण गरेको आरोपमा कतिपयलाई प्रहरीले पक्राउ गरेको छ, भने कतिपय अझै पनि कानुनी सजाए भोगिरहेका छन् । हुन त उत्त गाउँपालिकामा गाँजाको खेती विस्तापित गर्ने योजना संचालन नभएका पनि होईनन् तर अवस्था फेरीन सकेन । त्यसको एउटै कारण हो दिगो र भरपर्दो बैकल्पीक उपाएको कमि, जसका कारण त्याहाँको स्थानीयले अन्य पेशालाई अंगाल्न सकेनन् ।

तर, अहिले अवस्था त्यस्तो छैन । विगत २ वर्ष देखि उत्त क्षेत्रमा विभिन्न उत्पादन मुलक कामले गर्दा विस्तारै गाँजा खेती विस्तापित हुदै गएको अवस्था छ । सन २०१७ देखि राक्सिराङको वडा नम्बर ६, ७ र ८ मा कार्यक्षेत्र बनाएर काम गरिरहेको दिगो विकासका लागि एकता नामक गैरसरकारी संस्थाको सकृयतामा त्याहाँका स्थानीयहरु अहिले व्यवसायिक तरकारी खेती तर्फ आकर्षित भएका छन् । चेपाङ र तामाङ बसोबास रहेको उक्त क्षेत्रमा शिक्षा, स्वास्थय तथा जिविकोपार्जन लगायतका कार्यक्रम संचालन गर्दै आएको उक्त गैरसरकारी संस्थाकै पहलमा अहिले गाँजा खेती बिस्तापित भएर व्यवसायिक कृषि खेती फस्टाउन थालेको छ ।

दिगो विकासका लागी एकता नेपालले लिशा हिमालय ईभीको सहयोगमा विकट बस्तीका चेपाङ तथा तामाङ जातिको जिवन शैलीमा परिर्वतन ल्याएको हो । अहिले उक्त क्षेत्रका स्थानीयहरु गाँजा खेति गर्नु भन्दा व्यवसायिक रुपमा कृषि खेति गरेर पनि जिविकोपार्जन गर्न सकिन्छ भन्नेमा पुगेका छन् । कृषि व्यवसाय गर्ने किशानहरु तालिम तथा आर्थिक सहयोग पाए पछि उनिहरु गाँजा उत्पादन हुने बारीमा कृषि कर्म गर्न तर्फ लागेका छन् । जसले गर्दा उक्त क्षेत्रमा बसोवास गर्ने लोपोन्मुख चेपाङ तथा तामाङ जातिको जिवन स्तरमा समेत सुधार हुँदै गएको परियोजनाका व्यवस्थापक अनिल पौडेलले जानकारी दिनुभएको छ ।

संचार, यातायात तथा स्वास्थ्य सेवाको चुनौतिका बाबजुद पनि उक्त संस्थाले गाँजा खेतिको विस्तापनकालागि उक्त क्षेत्रमा जिविकोपार्जनका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । जसवाट त्याहाँका स्थानीय बासि प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । गाँजा खेतीको विस्तापनका लागि संस्थाले जिविकोपार्जन कार्यक्रम मार्फत तरकारी तथा फलफुलको विउ/बिजन बितरणदेखि टनेल निर्माणलगायत कृषि संकलन केन्द्र निमार्ण सम्मकालागि सहयोग गरेको छ ।
संस्थाले फलफुलको विरुवा बितरण, तरकारी बिउ वितरण, अदुवाको बिउ वितरण, मकैको बिउ सवतरण, मौलीको ोला बितरण जस्ता कार्य गर्नुका साथै बेमौसमि तरकारी खेती गर्नकालागि टनेल तथा तरकारी खेती सम्बन्धी तालिम एवम् कृषि संकलन केन्द्र निमार्ण गरेर सहयोग पु¥याएको पौडेलले बताउनुभयो । यो वर्ष मात्रै संस्थाले उक्त क्षेत्रका ४३ जना कृषकलाई कृषि तालिम देखि बिउ बिजन लगायतका सहयोग गरेको पौडेलले बताउनुभयो । संस्थाकैे कक्रियतामा अहिले गाउँमा गाँजा खेति हराउँदै गएको र व्यवसायिक कृषि खेती फस्टाउँदै गएको पौडेलले बताउनुभयो । व्यवसायिक रुपमा कृषिमा लागेर आर्थिक अवस्थामा समेत सुधार आएको हुनाले स्थानीयहरु खुसि भएको पौडेलले बताउनुभयो । गाँजाको विकल्पका रुपमा कृषि क्षेत्रलाई अगाडी ल्याउने हो भने गाँजा खेती विस्तापित हुने उहाँको भनाई छ ।