मकवानपुर – मकवानपुरको थाहा नगरपालिकामा मतगणना जारी रहेको छ । अहिले वडा नम्बर १ को ८ सय मत गन्दा गठबन्धनबाट (नेकपा माओबादी केन्द्रका) उम्मेदवार बिष्णु बहादुर बिष्ठ अगाडी रहनु भएको छ । विष्टले ४३० मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार अचुतम प्रसाद ढकाल भने २५५ सय मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा पनि गठबन्धनबाट (कांग्रेस) का भरत गोपालीले ४१८ र एमालेका कल्पना वलामीले २५३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडा अध्यक्ष पदमा माओवादीका हेरमान गोपालीले २६९, कांगेसका रुपचन गोपाली २४५ र एमालेका प्रदीप प्रधानले २३९ मत प्राप्त गर्नु भएको छ । थाहा वडा नम्बर १ मा २ हजार ६४५ कुल मतदाता रहेको भएपनि २ हजार १ सय ७ मत मात्रै खसको थियो । थाहा १ मा झम्केश्वरी मावि र सुनौला माविमा भएको मतदानमा कुल ७९.६६ प्रतिशत मत खसेको थियो ।