काठमाडौँ – सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्य रूपमा मूल स्रोतको अनुमति लिएर मात्र सम्प्रेषण गर्नरगराउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकको निर्णय समेतको आधारमा आज एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशितरप्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जनगुनासाहरू बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।
बैठकले “सञ्चारमाध्यममा प्रकाशितरप्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति÷संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गर्ने” निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा (१३) मा “समाचार तथा समाचार सामग्री प्रकाशन÷प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने” व्यवस्था रहेको छ । सञ्चारमाध्यममा समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्तिसंस्था स्वयंले ३५ दिनभित्र काउन्सिलमा लिखित वा अनलाइनमार्फत उजुरी दिन सकिने पनि काउन्सिलले जनाएको छ ।
