मकवानपुर– मकवानपुरमा आन्तकि तथा बाह्य पर्यटकलाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को स्वागत गरिएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडाको सहिद स्मारकमा आन्तरिक र बाह्य पर्यटकलाई मायाको चिनो र ढाका टोपी लगाएर सम्मान गरेको हो ।

हेटौंडा–११ स्थित शहिद स्मारकमा प्रवेश गर्ने पहिलो पाहुना मध्ये सिन्धुलीको एक टोली र भारतीय एक टोलीलाई मायाको चिनो र ढाकाटोपी लगाएर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सम्मान गर्नुभएको थियो । त्यस्तै पर्यटन वर्ष २०२० को स्वागतमा आजै पर्यटकको स्वागतकालागि जिल्ला समन्वय समितिकी उपप्रमुको नेतृत्वमा महिला स्कुटी ¥यालीको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा पञ्चेबाजा सहित, विभिन्न जातजातिको पहिरनमा पञ्चकन्याले पयृटकलाई स्वागत गरिएको थियो । पर्यटन वर्षका अवसरमा आज जिल्लाका १० वटै स्थानीय तहले समेत आ–आफुनो तहमा पहिलो आउने आन्तरिक तथा बाह्य पयृटकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । साथै आजै जिल्लाका प्रमुख नाकाहरुमा पर्यटकको स्वागतकालागि होर्डिङबोर्डहरु राख्नुका साथै जिल्लाका १० वटै स्थानीय तहले आफ्ना क्षेत्रमा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरेका छन् ।

यस अघि मंगलबार जिल्ललाको ईन्द्रसरोवर गाउँपालिकाले नयाँ वर्ष २०२० संगै भ्रमण वर्षको स्वागतका लागि विभिन्न कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिकाले भ्रमण वर्ष लक्षित गरेर व्यवसायिक प्याराग्लाइडिङको परीक्षण गरेर भ्रमण वर्षको स्वागत गरेको छ । मानवनिर्मित इन्द्रसरोबर जलाशय किनारमा पर्यटन वर्षमा ब्यवसायीक उडान गर्नेगरी प्याराग्लाइडिङको परीक्षण तथा विविध सांस्कृतिक कार्यक्रम गरेर अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरिएको हो । प्याराग्लाइडिङ उडाउने विशाल लामा र पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलााल, गाउँपालिका अध्यक्ष÷उपाध्यक्षलगायतले माला लगाएर स्वागत समेत गर्नुभएको थियो । उहाँहरुले उक्त स्थानमा प्याराग्लाइडिङ उडाउन सकिने बताउनुभएको छ ।