मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्लामा भूकम्प पछिको पुनःनिर्माणको कार्य सन्तोषजनक रहेको बताउनुभएको छ । बुधबार प्रमुख खुलालको अध्यक्षतामा बसेको जिल्ला पुनर्निर्माण सहजिकरण समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले पुननिर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा यसलाई थप व्यवस्थित बनाउँदै यथासक्य छिटो सक्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । प्रमुख खुलालले थपिएको समय सिमा भित्र पुनर्निर्माणको काम सक्ने गरी अगाडी बढ्न सम्बन्धीत कार्यालयहरुलाई निर्देशन समेत दिनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले समयमै सम्पन्न गर्ने गरी अगाडी बढ्न सुझाव दिनुहुँदै पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन कार्यालय)का प्रमुख बिमल किशोर केपीले पुनर्निर्माण र प्रबलीकरण समेत गरेर कुल पहिचान भएका ४८ हजार ९ जना लाभग्राही मध्ये हालसम्म ४३ हजार १ सय ९१ जना अर्थात ९९ दशमलव ९ प्रतिशतले सम्झौता गरेर पहिलो किस्ता लिएको जानकारी दिनुभयो । यस्तै सम्झौता गरेका मध्ये घर निमार्ण सुरु गरेर ३१ हजार १ सय ४६ जना अर्थात् करिब ७२ प्रतिशतले दोस्रो किस्ता र २६ हजार ८ सय ७४ अर्थात ६२ प्रतिशतले तेस्रो किस्ता लिइसकेको उहाँले बताउनुभयो । जिल्लामा पुनर्निर्माण तर्फ ३८ हजार ४६६ जना पहिचान भएका मध्ये ३५ हजार ७८७ जनासंग अनुदान सम्झौता भई पहिलो किस्ता रकम प्राप्त भईसकेका बताउनुभयो । यस्तै ३० हजार ९५१ जनाले दोस्रो र २६ हजार ८७४ जनाले दोस्रो किस्ता रकम प्राप्त गरिसकेको बताउनुभयो । यस्तै जिल्लामा ३४ हजार ८९० जनाले घर निमाृण गर्न सुरु गरेको र २३ हजार ७ सय लाभग्राहीको घर निर्माण सम्पन्न भईसकेको जानकारी दिनुभयो ।

त्यस्तै प्रबलीकरण तर्फ जिल्लामा पहिचान भएका ९ हजार ५४३ जना लाभगही मध्ये ७ हजार ४०४ जनासंग सम्झौता भइ ७ हजार ३९७ जनाले पहिलो र १९५ जनाले दोस्रो किस्ता प्राप्त गरिसकेको उहाँले बताउनुभयो । जिल्लामा पुननिर्माण तर्फ २ हजार ६७९ जना र प्बलीकरण तर्फ २ हजार २३९ जनासंग सम्झौता हुन नसकेको तथा पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी विभिन्न तरीका अपनाईए पनि १ हजार ३०७ जना लाभग्राही सम्पर्कमा आउन नसकको उहाँले बताउनुभयो । यस्तै जिल्लामा ५ हार ६७२ भुमिहीन लाभग्रही पहिचान भएका मध्ये ५ हजार ५८३ जनासंग अनुदान सम्झौता भई ५ हजार ५७८ जनाले पहिलो र १ हजार ८६७ जनाले दोस्रो किस्ता रकम अनुदान प्राप्त गरिसकेको उहाँले जानकारी दिनुभयो । त्यस्तै जोखिम बर्गका ६२७ लाभग्राही पहिचान भएका मध्ये ५५७ जनाको अनुदान सम्झौता भई प्रथम किस्ता प्राप्त गरिकेको तथा ४६४ जनाले दोस्रो र ३९९ जनाले तेस्रो किस्ता रकम प्राप्त गरेको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लामा २६ जना जोखिम बर्गका लाभगही पहिचान भएका मध्ये २५ जनाले अनुदान सम्झौता गरी प्रथम र दोस्रो किस्ता प्राप्त गरेको तथा ६ जनाले तेस्रो किस्ता प्राप्त गरेको उहाँले बताउनुभयो । यस्तै जिल्लमा २४ जनाले स्वेच्छाले अनुदान रकम फिर्ता गरेको, १३८ जनाको डमी खाताबाट रकम फिर्ता भएको, १९ जनाको पुननिर्माणबाट प्रबलीकरणमा परिर्वतन भएको, ३ हजार ७५५ जनाको प्रबलीकरणबाट पुनर्निर्माणमा परिर्वतन भएको उहााले बताउनुभयो । यस्तै ५ हजार ५७६ जना भुमिहीन लाभग्राहीले साबिककै स्थानमा घर निमाृण गरेको तथा ६७ जना भुमिहीन लाभग्राहीले अन्यत्र जग्गा खरिद गरेर घर निर्माण गरेको र जोखिमयुक्त बस्तीबाट अन्यत्र जग्गा खरिद गरी २२ जना गएको उहाँले बताउनुभयो । उहाँले प्राविधिक पुग्नु अगावै बनेका ८२० घरहरु पहिचान भएको जानकारी दिनुभयो । यस्तै उहाँले मापदण्ड भन्दा बाहिर गएर घर बनाएका लाधग्राहीले ईन्जिनीयरले भने बमोजिम घर बनाउने कबुलियत नामा गरेमा अनुदान दिइने समेत जानकारी दिनुभयो ।

त्यस्तै भुमम्पले क्षती पुराएका जिल्लाका सरकारी भवनहरु कति सम्पन्न भईसकेको र कति निमार्णको क्रममा रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का ईन्जिनियर रविन पाठकले जानकारी दिनुभयो । यस्तै जिल्लामा बन्ने पुरातात्विक सम्पदाहरुमा गुम्बाहरु प्नि कति निर्माण भइसेको र कति निर्माणकै क्रममा रहेको उहाँले बताउनुभयो । विसं २०७२ वैशाख १२ गते शनिबार आएको सो भूकम्पबाट जिल्लामा ४६ सरकारी भवन, ६५ स्वास्थ्य संस्था, १२४ गुम्बालगायत मठमन्दिरहरूमा क्षति भएको थियो । निजी आवास निमाणको समयसिमा २०७८ पुष ९ सम्म रहेको छ ।