मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले खानेपानी आयोजना निर्माणकालागि हेटाैंडा उपमहानगरपािलकालाइ ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आईतबार बसेको जिससको ६० औं बोर्ड बैठकले मौजदात कोषको रकमबाट हेटौंडा उपमहानगरपालिका–१४ मा संचालन हुने खाने पानी आयोजनाका लागि ३ करोड रकम सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।
मौजदात कोष संचालन कार्यविधि अनुसार खानेपानी आयोजना निर्माणकालागि ३ करोड रकम जिसस सहयोग गर्ने निर्णय गरेको जिसस प्रमुख खुलालले बताउनुभयो । कार्यविधि अनुसार मौजदात कोषको रकमबाट खानेपानी आयोजना संचालनका लागि जिससले ७५ प्रतिशत र २५ प्रतिशत उपमहानगरपालिकाले व्योहोर्ने उहाँले बताउनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, सदस्यहरु गणेश कुमारी श्रेष्ठ, चित्र बहादुर बलामी, देवराज रिमाल, सिता अधिकारी, बुद्धी बहादुर मोक्तान, सानु कान्छी स्याङतान, सरिता विश्वकर्मालगायतको सहभागिता थियो ।