मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) ले मकवानपुरले सरुवा भएर जान लाग्नु भएका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहलाई आज विदाई गरेको छ । बुधबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले मायाको चिनो सहित उहाँलाई विदाई गर्नुभएको हो ।

प्रहरी उपरिक्षक सिंह करीब १० महिने मकवानपुर बसाई सकेर अपराध महाशाला टेकुमा सरुवा भई जान लाग्नुभएको छ । विदाई कार्यक्रममा बोल्दै जिसस प्रमुख खुलालले मकवानपुर रहँदा समन्वय र सहकाय पाईएको र आगामि दिनमा यसलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । उहाँले मकवानपुरमा पु¥याउनु भएको सहयोगको लागि धन्यवाद तथा आगामि कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी उपरिक्षक सिंहले मकवानपुर जिल्लामा रहेर धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले मकवानपुरमा आफुले धेरै कुरा सिक्ने अवसर पाएको तथा यस जिल्लामा रहेर काम गर्न निकै सहज महसुस गरेको बताउनुभएको थियो । उहाँले बिषेश गरि जिल्ला समन्वय समितिबाट धेरैकुरा सिक्ने अवसर पाएको र जिससले सधैं अभिभावको भुमिका निर्वाह गरेको भन्दै यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । विदाई कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, जिससका सदस्यहरुलगायतको सहभागिता थियो ।