मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले १३ औं सागमा सहभागि भएर मेडडल जित्न सफल खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बुधबार बसेको ५५ औं बोर्ड बैठकले सागमा मेडल प्राप्त गर्ने जिल्लाका खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।
मकवानपुरबाट १३ औं सागमा १ जना प्रशिक्षक सहित १३ जना खेलाडीले मेडल प्राप्त गरेका छन् । बैठकले सागमा स्वर्ण जित्ने खेलाडीहरुलाई नगद २५ हजार रजत जित्नेलाई २० हजार र काश्य जित्ने खेलाडीलाई जनहि १५ हजार रुपैया नगद सहित प्रमाणपत्रद्धारा सम्मान गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायत सदस्यहरुको उपस्थिती थियो ।