हेटौँडा – प्रेस चौतारी नेपाल मकवानपुर शाखाले नेपालीहरुको चाडपर्वको अवसरमा मंगलबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । पत्रकारहरुमाथि हुने दण्डहिनताको विरुद्धको अन्तराष्ट्रिय दिवस समेतको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

प्रेस चौतारी नेपाल मकवानपुरका संयाेजक धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाैडेलले पत्रकारहरुले सत्यसँग लड्न नहुने तथा असत्य सँग झुक्न नहुने बताउनुभयो । समाजमा दविएका आवाजहरुलाई बाहिर निकाल्दै आवाज विहिनहरुको आवाज बन्ने क्रियाकलापमा पत्रकारहरुले ध्यान दिनुपर्ने बताउँदै उनले नेपालको हरेक परिवर्तनको आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि समेत रहनुभएका एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले हाल मुलुकमा भएको दुर्दशाको विषयमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् पूर्व सामजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले बागमती प्रदेश सदस्य भोजराज ढकाल, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, सचिवालय सदस्य नविन सिग्देल, एमाले जिल्ला सदस्य धु्रबप्रसाद चौँलागाई, प्रेस चौतारी नेपालका बागमती प्रदेश सहसंयोजक प्रकाश दाहाल, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मिलन पाठक, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट, वर्तमान उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष अन्जली थापा लगाएतको आतिथ्यता रहेको थियो ।