हेटौंडा– मकवानपुरमा आज थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडामा गरिएको परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ५९ जना, थाहा नगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ४ जना रहेका छन् ।