हेटौंडा– हेटौंडाबाट ५० हजार घुस रकमसहित सब–इन्जिनियर नेत्र लामिछाने पक्राउ परेका छन् । सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घुससहित पर्यटन विकास आयोजना बागमती प्रदेशमा कार्यरत सब–इन्जिनियर लामिछानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
पर्यटन विकास आयोजना बागमती प्रदेशमा करारमा कार्यरत लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालबाट खटिएको टोलिले घुस लिएपछि पक्राउ गरेको हो । निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । कार्यालय परिसरबाटै पक्राउ परेका लामिछानेमाथि आयोगले थप अनुसन्धान गरिरहेको प्रवक्ता रिसालले बताउनुभयो ।