मकवानपुर – बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीनवटा विषय पढाउने अनुमति प्राप्त गरेको छ । प्रदेशको प्राथमिकतामा रहेको प्रतिष्ठानले स्थापनाको पहिलो वर्षमा नै तीन वटा विषय पढाउने अनुमति पाएको हो ।

प्रतिष्ठानले चालू शैक्षिक सत्रबाट नै चिकित्सा शिक्षा आयोगबाट कक्षा सञ्चालनको अनुमति पाएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीले जानकारी दिनुभयो । अब प्रतिष्ठानमा स्नातक पब्लिक हेल्थ, स्नातक फार्मेसी, ल्याब टेक्नोलोजी विषय अध्यापन हुने भएको हो । स्नातक पब्लिक हेल्थ ( BPH ) को २० सिट, स्नातक फार्मेसी ( Bpharm ) र ल्याव टेक्नोलोजिष्ट ( Bsc MLT ) ३०–३० सिटको अनुमति पाएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. जोशीले जानकारी दिनुभयो । स्नातकतहको शैक्षिक कार्यक्रम हेटौंडा–११ को नलेज भिलेजमा संचालन हुनेछ ।