फाइल तस्विर

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा स्थित श्रमिक माध्यमिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा आज दश जना राखिएको छ । कोरोना भाइरस (कोभिड १९) को शंका लागेका १० जनालाई आइसोलेसनमा राखिएको हो ।

बिशेषगरी विदेशबाट फर्किएका र उनीहरुको नजीक रहेकाहरुलाईं संकोको आधारमा आइसोलेसनमा राखिएको आइसोलेसन इन्चार्ज भोला चौलागाईले बताउनुभयाे । उनीहरु सबै जनाको स्वाब परिक्षका लागि ल्यावमा पठाइएको चौलागाईले जानकारी दिनुभयो । आइशोलेसनमा भिमफेदी गाउँपालिकाका २ जना, बागमतीका गाउँपालिकाका १ जना, प्युठान जिल्लाका १ जना र अन्य सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेको चौलागाईले वताउनुभयो ।