मकवानपुर – मकवानपुर जिल्लाका १०२ वडा मध्ये हालसम्म ३६ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली काग्रेस पहिलो माओवादी दोस्रो र तेस्रोमा एमाले रहेको छ । हालसम्म १९ वटा वडामा कांग्रेसले बिजयी हासिल गरेको छ । भने माओवादीले १० वटा र एमालेले सात वटा वडा अध्यक्ष जितेको छ । कांग्रेसले भीमफेदी, मनहरी, कैलाश राक्सिराङमा ३÷३ वटा वडा, इन्द्रसरोबर, गढी, वकैया गाउँपालिकामा २÷२ वटा र हेटौंडामा १ एउटा वडामा जितेको छ ।
यस्तै माओवादीले थाहा नगरपालिकामा चारवटा, वकैयामा २ र भीमफेदी, कैलाश, राक्सिराङ र वाग्मतीमा एउटा÷एउटा वडामा जितेको छ । भने, एमालेले भीमफेदीमा ३, इन्द्रसरोबरमा २, कैलाश र राक्सिराङमा १ वडामा जित हात पारेको छ । पछिल्लो अपडेट अनुसार जिल्लाको दशवटा स्थानीय तहमध्ये नौवटामा सत्तारुढ गठबन्धन र इन्द्रसरोबरमा एमालेले प्रमुखमा अग्रता कायम गरेको छ ।