निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ। पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना रहेको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले बताए । कुनै कारणवश ढिलाइ नभए १५ वैशाखभित्र तीनै क्षेत्रको नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।उपनिर्वाचनअन्तर्गत आज बारा २, तनहुँ १ र चितवन २ मा मतदान जारी छ।