मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले २०७२ को महाभुकम्पले विनाससंगै विकासको अवसर दिएको बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा निर्मित हेटौंडा १२ स्थित वुद्ध माध्यामिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख खुलालले भुकम्पले मकवानपुरको शिक्षा क्षेत्रमा बलीयो भौतिक संरचना निर्माणको अवसर दिएको बताउनुभयो ।
प्रमुख खुलालले विनासका कुरालाई बिर्सिएर प्राप्त अवसरलाई संस्थागत गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले भुकम्पले नष्ट भएका भौतिक संरचनाहरुको दीर्घकालिन सोचका साथ भएको पुननिर्माणले उत्साहित बनाएको बताउनुभयो । हामीले प्राप्त गरेको ठूलो उपलब्धीको रक्षा गर्दै त्यसको उचित व्यवस्थापन र संरक्षण तथा आवश्यक तवरले फाइदा लिनुपर्ने प्रमुख खुलालको भनाई थियो । सरकारले निर्माण गरिदिएको सम्पतीको संरक्षण र उचित उपयोग गरी फाइदा लिने काम समुदायको भएको उहाँले बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुण्यसिद्धिलामाको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, प्राधिकरणका शिक्षा निर्देशक चुँडामणि पौडेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलान, १३ का अध्यक्ष मनोज वाईवालगायतको सहभागिता थियो ।