मकवानपुर– राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शुसिल ज्ञवालीले अनुदान सम्झौता नगरेका लाभग्राहीबारे खोजी गर्न स्थानीय सरकार र प्राबिधिकहरुलाई निर्देशन दिनुभएको छ । श्ुाक्रबार हेटौडामा आयोजित भुकम्पबाट प्रभाबित संरचनाहरुको पुर्न निमार्ण सम्बन्धी प्रगति समिक्षा तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्झौता हुन नसकेका लाभग्राहीबारे स्थानीय सरकार तथा प्राबिधिकले वास्तविकता बुझ्न निर्देशन दिनुभएको हो ।
सम्झौता नगरेका लाभग्राहीको बारेमा पुन अनुगमन तथा सर्वेक्षण गरि थप समस्या आए समस्याका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रमका सहभागिहरुले प्रबलीकरणको प्रक्रिया झन्झटिलो भएकोले लाभग्राहीले पुर्ननिर्माणप्रति चासो नदेखाएकोप्रति ध्यानाकर्षण गराएका छन् । मकवानपुरमा ९० हजार ९ सय ९४ घरधुरी सर्वेक्षण भएकोमा ३४ हजार ६ सय १२ लाभगाही पहिचान भएको थियो । पहिचान लाभग्राहीमध्ये ४ हजार ६ सय ९३ लाभग्राही अझै प्राधिकरणको सम्पर्कमा आएका छ्रैनन् ।
जिल्लामा १३ हजार १ सय ७० प्रबलीकरणका लाभग्राही पहिचान भएपनि हालसम्म २५ प्रतिशतले अनुदान सम्झौता गराएका छैनन् । यस्तै प्रबलिकरणका अनुदान सम्झौता गराएकामध्ये २६ जनाले मात्र दोस्रो किस्ताको अनुदान प्राप्त गरेका छन् । जिल्लामा निजी आवास निर्माण अनुदानका लागि २५ हजार ५ सय ३७ लाभग्राहीले पहिलो किस्ताको रकम लिएको, १९हजार ५ सय ७ लाभग्राहीले दोस्रो किस्ताको रकम प्राप्त गरेको र १७ जार ८ सय ५४ लाभग्राहील् तेस्रो किस्ताको रकम प्राप्त गरेका छन । प्राधिकरणको जिल्ला स्थित शिक्षाको स्थीतिका बारेमा जिल्ला आयोजना कायान्वयन इकाइ शिक्षाका प्रमुख बद्री पाठक भवन प्रबिधि र अनुदान व्यववस्थापनका कार्यान्वयन इकाइ भवन प्रमुख बिमल किसोर केपिले जिल्लाको वस्तुस्थितिबारे जानकारी दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भुकम्प पुनर्निमार्णको काममा अब प्रबिधिकहरु अल्झीन नहुने र समयमै काम सक्न तर्फ लाग्न आग्रह गर्नुभयो । अब केहि बाहाना नचल्ने भन्दै खुलालले प्राबिधिकहरुलाइ सहि तरिकाले काम गर्न नर्देशन दिनु भयो । अब भुकम्प कै बिषयमा धेरै अल्झिन नहुन बताउदै खुलालले छिटो छरीतो ढङगले काम गर्नु पर्ने बताउनु भयो । भुकम्प पुर्न निमार्णको लागी ऐलानि जग्गा भएकाहरुलाइ अझै समय थप गनुृ पर्ने सरोकारवालाहरुले बताएका छन । अब बाकि काम स्थानिय तहको जिम्मेवारीमा पुर्न निमार्णका काममा अधिकार दिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । पुर्न निमार्णको काममा सबै भन्दा धेरै समस्या प्रबलीकरणमा भएको प्रबिधिकहरुले बताएका छन । प्हिलो किस्ता लगे पनि दोश्रो किस्ताको लागी न्युन मात्रामा मात्रै सम्झौता गर्न आएको पाइएको छ । मनहरी गाँउपालीकामा कतिपय वास्तबिक प्रभाबितहरुको नाम लाभग्राहि सुचिमा नपरेको गुनासो आएको मनहरी गाँउपालीका अध्यक्ष एक राज उप्रेतिले बताउनु भयो । ऐलानि जग्गा हुने हरु कम मात्रामा सम्झौताको लागी आएको हुनाले समय थप गर्नु जरुरी रहेको उपे्रतिले बताउनु भयो । यस्तै स्थानिय तहलाइ अधिकार दिनु पर्ने मकवानपुर गढी गाँउपालीका अध्यक्ष बिदुर हुमागाँइले बताउनु भयो । स्थानिय तहलाइ जिम्मेवारी दिए स्थानिय स्तरका समस्या समाधानको लागी सहज हुने उहाको धारणा छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको अन्र्तक्रियामा जन जिल्ला समन्वय समिति मकवानपुरकी उप प्रमुख भगवति पुडासैनि लगायत स्थानीय तहमा खटिएका प्राबिधिकहरुको सहभागिता थियो ।