मकवानपुर–जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भुकम्प पुनर्निमार्णको सबालमा अब कुनै पनि बाहाना नचल्ने बताउनुभएको छ ।शुक्रबार हेटौडामा आयोजित भुकम्पबाट प्रभाबित संरचनाहरुको पुर्न निमार्ण सम्बन्धी प्रगति समिक्षा तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख खुलाले यो या त्यो बाहाना गरेर पुनर्निमार्णको काम लम्याउने काम नगर्न निर्देशन दिनुभयो । समय कम भएकाले काम समयमै सम्पन्न गर्ने तर्फ केन्द्रित हुन उहाँले निर्देशन दिनुभयाे ।

प्रमुख खुलालले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शुसिल ज्ञवालीबाट पुनर्निमाणका क्रममा आउने समस्याका विषयमा धेरै कुराहरु प्रष्ट भएकोले सोहि बमोजिम काम समयमै सम्पन्न गर्ने तर्फ ध्यान दिन निर्देशन दिनुुभयो । पुनर्निमार्णको काममा अब प्रबिधिकहरु अल्झीन नहुने र समयमै काम सक्न तर्फ लाग्नुपर्ने बताउनुभयो । पुनर्निमार्णमा अब केहि बाहाना नचल्ने भन्दै खुलालले प्राबिधिकहरुलाइ सहि तरिकाले काम गर्न नर्देशन दिनुभयो । अब भुकम्प कै बिषयमा धेरै अल्झिन नहुन बताउदै खुलालले छिटो छरीतो ढङगले काम गर्नु पर्ने बताउनु भएको छ । उहाँले सधैं पुनर्निमार्ण भनेर बस्दा अन्य काममा समेत असर गरेकाले यसलाई समयमै सम्पन्न गर्ने तर्फ लाग्न निर्देशन दिनुभयो । प्रमुख खुलालले काम गर्ने क्रममा स्थानीय तहमा कुनै समस्या भए त्यसको समाधान गर्न आफु तयार रहेको समेत बताउनुभएको छ ।
कायृक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शुसिल ज्ञवालीले अनुदानसम्झौता हुन नसकेका लाभग्राहीबारे स्थानीय सरकार तथा प्राबिधिकले वास्तविकता बुझ्न निर्देशन दिनुभएको थियो । मकवानपुरमा हाल सम्म ३४ हजार ६ सय १२ लाभगाही पहिचान भएको छ जस मध्ये ४ हजार ६ सय ९३ लाभग्राही अझै प्राधिकरणको सम्पर्कमा आएका छ्रैनन् । सम्झौता नगरेका लाभग्राहीको बारेमा पुन अनुगमन तथा सर्वेक्षण गरि थप समस्या आए समस्याका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रमुख खुलालको सभाध्यक्षतामा भएको अन्र्तक्रियामा जिल्ला समन्वय समिति मकवानपुरकी उप प्रमुख भगवति पुडासैनि, विभिन्न स्थानीय तहका प्रतिनिधि एवम् सरोकारवालाहरुको उपस्थिती थियो ।