हेटाैंडा– मकवानपुर थाहा नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम वार्षिक दुई पटक स्थानीय तहहरुले गर्नुपर्ने नगरसभा अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यमा नगरसभा सम्पन्न भएको हो । नगरसभामा पाँचौ नगरसभाले पास गरेको ७१ करोड ४१ लाख७१ हजार बजेटलाई संशोधन सहित ९४ करोड ३० लाख ५ हजार रुपियाँको संशोधित बजेट पास गरेको छ। सभाले आर्थिक वर्ष २०७६÷०७७ का लागि कुल चालुतर्फ ७ करोड १५ लाख ३० हजार, पुँजीगततर्फ ५४ करोड १५ लाख ३४ हजार, सशर्त अनुदान २० करोड ३९ लाख ४१ हजार, समपुरक अनुदान २ करोड ६० लाख र सामाजिक सुरक्षा तर्फ १० करोड गरी जम्मा ९४ करोड ३० लाख ५ हजार संशोधित बजेट १७ माघमा सम्पन्न छैठौं नगरसभाले पास गरेको हो । नगरपालिकाले यसपटक उद्घाटन र बन्दसत्र गरी दुई सत्रमा नगरसभा संचालन गरेको थियो ।