हेटाैंडा– मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४ जना पदाधिकारी नियुक्त गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर बिश्वराज जोशीको सिफारिसमा सामाजिक बिकास मन्त्रीले उहाँहरुलाई नियुक्त गर्नुभएको हो ।

सोमबार प्रतिष्ठानको शिक्षाध्यक्षमा डाक्टर सतिश देब रजिस्ट्रामा राजेश प्रसाईं, निर्देशकमा डाक्टर हरीबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुडाललाई नियुक्त गरिएको हो । नवनियुक्त रजिस्ट्रार प्रसाईंलाई प्रतिष्ठानका कुलपति बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले र अन्यलाई प्रतिष्ठानका उपकुलपति सामाजिक बिकास मन्त्री युबराज दुलालले नियुक्ति पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रतिष्ठान महत्त्वपूर्ण रूपमा स्थापना भएको भन्दै यसलाई सामान्यरुपमा नलिन आग्रह गर्नुभयो । प्रदेशको गौरवको आयोजना भएकोले यसको बिकासमा सबैको भुमिका उत्तिकै हुने बताउनुभयो । प्रदेश सरकारका काम धेरै रहेको भन्दै यसबाट पनि कामको मुल्यांकन हुने बताउनुभयो । नवनियुक्त पदाधिकारीहरुले छोटो समयामा उचाइमा पुर्याउने बिश्वास पनि व्यक्त गर्नुभयो