हेटाैंडा– कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको नेतृत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उच्चस्तरीय समितिमा गृह, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ र परराष्ट मन्त्रालयका सचिवहरु रहनुभएको जानकारी मन्त्रालयले दिएको छ ।

मन्त्रालयका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरु रहनुभएको निर्देशक समिति र विभिन्न अस्पतालका प्रमुख र विशेषज्ञ चिकित्सहरु रहनुभएको स्वास्थ्य प्राविधिक समिति गठन गरिएको छ ।