हेटाैंडा– राष्ट्रिय बालदिवसको अवसरमा हेटौंडामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको प्रतिबद्घता” भन्ने नाराका साथ आज राष्ट्रिय बालदिवस मनाइएको हो ।
चित्रकला प्रतियोगितामा आज १० वटा बालगृहका १९ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए । कोभिड–१९ र त्यसले बालबालिकामा पारेको असर सम्बन्धि चित्रकला प्रतियोगिता भएको हो । प्रतियोगितामा नारी संरक्षण केन्द्र हेटौंडा–४ की मार्था प्रजा प्रथम, मगर शान्त घर हेटौंडा–११ का राजु थापा द्धितिय, मामाघर नेपाल हेटौंडा–११ का सुमन अछामी तृतीय भएका छन् ।
चित्रकला प्रतियोगिताको संयोजन सिविन नेपाल तथा बालगृह संजाल(सिनेट) ले गरेको बालगृह संजाल मकवानपुरका अध्यक्ष झबिन्द्र ज्ञवालीले बताउनुभयो । प्रथम, द्धितिय र तृतियलाइ सिविन नेपालले पुरस्कारको व्यवस्था गरेको छ भने सहभागि सबैलाइ प्रोत्सान स्वरुप पुरस्कारको व्यवस्था समेत भएको हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले बताउनुभयो ।











