हेटौंडा – उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नंबर ५ मा नेकपा एमाले विजयी भएको छ । केहि समय आएको मतपरिणाम अनुसार थाहा ५ मा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार विष्णु बहादुर गुरुङ विजयी भएका हुन् । उनले नेकपा माओवादीबाट वडा अध्यक्षका उम्मेद्वार मान सिंह दोङलाई पराजित गर्दै वडामा निर्वाचित भएका हुन् । वडाको अन्तिम मतपरिणाम भने केहिबेरमा सार्वजनिक हुने जनाईएको छ । गुरुङ २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।