file photo

मकवानपुर – मकवानपुरमा टाटा सुमो दुर्घटना हँदा एक जनाको मृत्युु भएको छ । मकवानपुरको ईन्द्रशरोवर गाउपालिका–२, सल्लेमा आज दिउसो भएको दुर्घटनामा अन्य सात जना घाईते भएका छन् ।
बिरगंजबाट काठमाडौं जाँदै गरेको ना १ ज ४४६६ नम्बरको टाटा सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा दुर्घटना ग्रस्त भएको हो । सुमोमा चालक सहित १० जना सवार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामापरि मृत्यु भएका व्यक्तिको पहिचान खुल्न बाँकी रहेको साथै घाइतेलाई उपचारका लागी काठमाडौं पठाईएको कार्कीले बताउनुभयो ।