हेटौंडा, साउन–१४। ३ नम्बर प्रदेश सरकार र कृषि विकास बैंकबिच प्रदेशमा सहुलियतपूर्ण कृषि ऋण तथा कृषि अनुदान परिचालन गर्ने सम्बधमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितीमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रँलयका सचिव डा. योगेन्द्र कुमार कार्की र कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । बैकिङ् प्रणली मार्फत अनुदान लगायतका अन्य कार्यक्रम सञ्चालन हुँदा कृषकहरुमा सकारात्मक प्रभाव पर्ने तथा शुसासन प्रवद्धनमा थप टेवा पुग्ने विश्वासका साथ कृषि विकास बैंक र प्रदेश सरकार बिच १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले कृषि क्षेत्रमा लगानी बढाएर व्यवसायिक कृषि मार्फत कृषकलाई आत्मनिर्भर बनाउन बैंकले सहयोग पु¥याउने बताउनुभएको छ । उहाँले विगतमा झै काम गरेर नहुने भन्दै बास्तविक किशानले अनुदान र ऋृण पाउने व्यवस्था सहित सामुहिक कृषि प्रणलीमा लगानी गर्ने उदेश्यकासाथ कृषि विकास बैंकसंग सम्झौता भएको बताउनुभयो । त्यस्तै ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुड्डेलले समृद्ध नेपाल र सुखी नेपाली बनाउन कृषि क्षेत्रमा व्यवसायिकरण र यान्त्रिीकिरण हुनु पर्नेमा जोड दिनुभयो । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बैंकसंग भएको संझौताको कार्यान्व्यन गर्दै मन्त्रालय अगाडी बढ्ने बताउनुभयो । कृषिलाई वैज्ञानिक ढंगले यान्त्रिकरण गर्दै व्यवसायिक खेती प्रणली तर्फ किसानलाई प्रेरित गर्ने लक्ष्य प्रदेश सरकारले लिएको उहाँको भनाई थियो ।

हस्ताक्षर कार्यक्रममा ३ नम्बर प्रदेशका योजना आयोगका सदस्य श्याम वस्नेत, प्रमुख सचिव आनन्दराज ढकाललगायत विभिन्न मन्त्रालयका सचिवहरु, कृषि बिकास बैंकका कार्यसमिति सदस्य, क्षेत्रीय प्रबन्धकलगायतकाको सहभागिता रहेको थियो ।