मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुर जिल्लाको स्वाब परिक्षणलाई प्राथमिक्ता दिन आग्रह गर्नुभएको छ । मंगलबार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाको स्थलगत निरिक्षणका क्रममा उहाँले मकवानपुरको स्वाब परिक्षणलाई पहिलो प्राथमिक्ता दिन आग्रह गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालसहित निरिक्षणमा पुग्नुभएका प्रमुख खुलालले प्रादेशिक प्रयोगशालाका प्रबिधिक स्वास्थ कर्मीहरुसंग त्याहाँको वस्तुस्थितीका बारेमा जानकारी लिनुका साथै मकवानपुरको स्वाबक परिक्षणलाई प्राथमिकता दिन अग्रह गर्नुभएको हो । उहाँले केहि समस्या भए सम्बन्धित निकायसंग समन्वय गर्ने समेत बताउनुभएको छ । प्रमुख खुलालले बागमती प्रदेश सरकारलाई पीसीआर परिक्षण बढाउन बिषेश आग्रह गर्नुका साथै प्रदेश राजधानीमा भेन्टिलेटर सहितको आइसीयु कक्ष निर्माण गर्न आग्रह गर्नुभएको छ । प्रमुख खुलालले कुनै पनि उपाए अबलम्बन गरेर पिसिआरको दायरा बढाउन प्रदेश सरकारलाई आग्रह गर्नुभएको हाे । जिल्लामा दैनिक जसो कोरोना सङ्क्रमित पहिचान भएसँगै उनीहरूको कनट्र्याक्ट ट्रेसिङका आधारमा स्वाब नमुना सङ्कलनको दर बढेको हुँदा परिक्षणको दर बढाउन आग्रह गर्नुभयाे ।

त्यस्तै प्रमुख खुलाल, प्रजिअ नेपालसहितको टोलीले आजै मनहरी गाउँपालिका–८ स्थित गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन वार्डको समेत अनुगमन गर्नुभएको छ । मनहरी गाउँपालिकाले सञ्चालन गरेको २४ वेडको आसोलेसन वार्डको अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, एवम् स्वास्थकर्मीहरूलाइ आबस्यक सुझाव समेत दिनुभएको थियो ।