हेटौंडा– कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या दुई सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दूई जना महिला र सात जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा मोरङकी ६४ बर्षीया महिला, झापाकी, ४५ बर्षीया महिलाको मृत्यु भएको हो भने काठमाडौंका ७४, ६८, ८५ बर्षीय पुरुष , मोरङ ४५ बर्षीय पुरुष, चितवनका ७० बर्षीय पुरुष, पर्साका ७७ बर्षीय पुरुष र धनुषाका ३५ बर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो ।