मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारबाट संचालनमा ल्याएको खाद्य आदान प्रदान कार्यक्रममा मदन भण्डारी स्पोर्ट एकेडेमीले खाद्यान्न सामग्री सहयोग गरेको छ । “हुनेल दिएर जाँऔं, नहुनेले लिएर जाँऔं” भन्ने नारासहित फाउण्डेशनले सञ्चालन गरेको अभियानलाई आज एकेडेमी परिवारले ४० कोरा चामल र २ बोरा दाल सहयोग गरेको हो ।

मदन भण्डारी एकेडेमी परिवारले मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । कोरोना संक्रमणको कारण दैनिक गुजरा टार्न समेत समस्या भएकाहरुको लागि भनेर हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४, स्थित कपुर कमप्लेक्स परिसरमा सञ्चालनमा ल्याएको अभियानलाई एकेडेमीका पदाधिकारीहरुले आज बिहान खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

सो अवसरमा फाउण्डेसनका अध्यक्ष खुलालले फाउन्डेसले सञ्चालन गरेको मानविय कार्यमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा मदन भण्डारी एकेडेमीका केीनद्य्रय सदस्य नविन सिग्देल, जिल्ला अध्यक्ष निरज सिंह ठकुरीलगायत एकेडेमीमा आवद्ध विभिन्न संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो । यस्तै आजै अभियानमा सामाजिक अभियन्ता इन्द्र नेपालबाट ५००० बराबरको र खानेपानी बोर्ड हेटाैंडाका प्रमुख सुदर्शन ढकालबाट ३७५० बराबरकाे खाद्यान्न सहयोग प्राप्त भएकाे छ ।
