मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला कार्यसमिति मकवानपुरको १९औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राम बिष्टको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्धघाटन गर्नुहुँदै प्रमुख अतिथि रिजालले संस्थाले समाजमा प्रहरी र समुदाय बिच पुलको रुपमा रहेर निकै राम्रो काम गरेको बताउनुभयो । उहाँले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागी सबैको हितकारी संस्था सामुदायिक सेवा केन्द्र रहेको समेत बताउनुभयो । केन्द्रले गरेका कार्यको प्रसंशा गर्नुहुँदै उहाँँले थप सहजीकरण गर्न र संस्थाको गतिविधी बढाउन आग्रह गर्नुभयो ।
“भय रहित, स्वच्छ, सृजनशिल, समाजको निर्माण हाम्रो अभियान” भन्ने उदेश्यकासाथ २०५८ सालमा स्थापना भएको संस्थाले समाजका बिकृती न्यूनीकरण गर्न विभिन्न कार्य गर्दै आएको छ । सामुदाय र प्रहरीको सहकार्यतामा केन्द्रले स्थानीय समुदायमा हुने घरेलु समस्या, स्वास्थ्य उपचारको लागी सहजीकरण, घरायसी झैझगडा न्यूनीकरणलाई सहजीकरण, सार्वजनिक यातायातका यात्रुका समस्याहरु, मानव बेचविखन, लागुपदार्थ तथा मादक पदार्थ विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रम लगायत समाजलाई हित हुने कार्य गर्दै आएको छ ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै सर्वसम्मत पारित समेत गरिएको थियो । केन्द्रको आठौं अधिबेशनबाट पुन राम बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यक्रममा जिसस मकवानपुरका निर्वतमान प्रमुख एवम् संस्थाका मानार्थ सदस्य रघुनाथ खुलाल, जिसस मकवानपुरका सदस्य बिरेन्द्रकुमार लामा, संस्थाका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरू, आजिवन सदस्यहरू, संमरक्षकहरू, सल्लाहकारहरू, मानार्थ सदस्यहरू, संस्थापक, कानुनी सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, लगायत विभिन्न राजनैतिक एवम् सामाजिक संस्संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।