हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माणको आज शिलान्यास गरिएको छ । प्रदेश सरकारको लगानीमा हेटौंडा–१० न्युरेनी स्थित निर्माण गर्न लागेको प्लान्टको आज मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको हो ।
दुग्ध पाउडर प्लान्टको शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सडकमा दुध पोख्नुपर्ने किसानको बाध्यता हटाउन पाउडर प्लान्ट निर्माण गर्न लागिएको बताउनुभयो । प्रदेश सरकार सधैं किसानका पक्षमा काम गर्न तयार रहेको भन्दै उहाँले किसानले उत्पादन गरेको दुधलाई खेर जान नदिनका लागि पाउडर प्लान्ट निर्माण गर्न लागिएको वताउनुभयो । यस्तै उहाँले किसानले उत्पादन गरेको तरकारी देशैभरी र बिदेशमा समेत निर्यात गर्नका लागि हेटौंडा–११ थानाभ¥याङमा कृषि सुपर मार्केट निर्माण गर्न लागिएको समेत वताउनुभयो । प्रदेश सरकारले तरकारी र दुध उत्पादक कृषकका लागि महत्वपुर्ण र दिर्घकालिन रुपमा काम गर्न लागेको उहाँको भनाई थियो ।
कार्यक्रममा बागमती प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले सडकमा दुध किसानलाई पाउडर प्लान्ट निर्माणले निकै फाईदा पुग्ने बताउनुभयो । उहाँले प्लान्टले बागमती प्रदेशसंगै अन्य प्रदेशका किसानले उत्पादन गरेको दुध ल्याएर पाउडर वनाउनका लागि सहज हुने वताउनुभयो । उद्योग स्थापना भएर रोजगारी सृजना गरेसंगै किसानले धेरै गाइ, भैसी पालना गरेर रोजगारी पनि सृजना हुने उहाँले वताउनुभयो ।
बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर मतिना बैध जोसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद देबकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।