मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्ला र मकवानपुरे जनतामाथि यहिँबाट चुनिएका नेताहरुले घात गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पाट्री नेकपा सम्बद्ध मोर्चा संगठनहरुको बृहत भेलालाई बिहीबार हेटौंडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नेताहरुलाई जनताले अब चिन्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री डोरमिण पौडेलले प्रदेश सरकारले गरेको ठुला ठुला योजनाहरु यसै जिल्लाबाट जनताले चुनेर पठाएका सांसदहरुलाई नपचेको बताउनुभयो । उहाँले आफ्नै जिल्लामा विकास भइरहेको देख्न नसक्ने सांसदहरुले आफु विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको बताउनुभयो । प्रमुख प्रतिपक्ष दलका रुपमा रहेको मकवानपुरका नेपाली कांग्रसका सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेको तर आफ्नै दलका सांसदहरु मुनु सिग्देल, प्रेम बहादुर पुलामी र कुमारी मोक्तानले सरकारलाई फेल गराउन हस्ताक्षर गरेको भन्दै मकवानपुर र मकवानपुरे जनताका लागि यो सबैभन्दा ठुलो घात भएको उहाँको भनाई थियो ।
मुख्यमन्त्री पौडेलले विकास विरोधी तथा ठिक र बेठिक छुट्टाउने खुबि आफैसँग भएको भन्दै यस्ता नेतालाई जनताले बेलैमा चिन्नुपर्ने बताउनुभयो । उहाँले संकटको घडिमा प्रधानमन्त्री ओलीले उठाउनुभएको कदम गलत नभएको भन्दै यस विषयमा केहि व्यक्तिहरुले विदेशि शक्तिको ईसारामा गलत प्रचार गरिएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीले उठाउनुभएको कदमको परिणाम कालान्तरमासहि सावित हुने दावि समेत गर्नुभयो । उहाँले जनताले सहि र गलत छुट्याउनु पर्ने भन्दै संघीयतालाई बचाउने जिम्मा हामी सबैको भएको समेत बताउनुभयो ।
कार्यक्रममा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति कृष्ण प्रसाद दाहाल, युवा संघका संहसंोजक रमेश पौडेल, नेकपाका नेकपाका केन्द्रीय सदस्य रघुनाथ खुलाल, रामेश्वर राना, अनन्त पौडेल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, अनेम संघकी जिल्ला अध्यक्ष पाबर्ती रानालगायतले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनाधेश अनुसार उत्कृष्ठ कार्यहरु गर्दागर्दै आफ्नै पाटीका नेताहरुबाट घेराबन्धीको सामना गर्नुपरेको बताउनुभएको थियो । वक्ताहरुले नेकपा भित्र आधिकारिकताको बहस आवश्यक नरहेको र प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपाले नै पार्टी कार्यालय तथा चुनाव चिन्ह सुर्य प्राप्त गर्ने बताउनुभयो । सरकारका राष्ट्रवादी कामहरुका कारण प्रधानमन्त्रीले चौतर्फी घेराबन्धीको सामना गर्नुपरेको साथै ओली नेतृत्वको नेकपानै आधिकारिक रहेको भन्दै पछिल्लो समयमा केही व्यक्तिहरु मूल प्रवाहबाट भाग्न खोजेको भन्दै घर मूलधारमै फर्खन आह्वान समेत गर्नुभयो ।
युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको भेलामा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सुवाशचन्द्र ठकुरी, मधुसुदन खतिवडा, नेकपा मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेलगायत नेकपाका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।