सोमबार (आज) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
आइतबार पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । सोमबार चाँदी तोलाको १ हजार १ सय ५० रुपैयाँमा कारोबार भैहरहेको छ ।