मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री नेकपाका केन्द्रीय सदस्य रघुनाथ खुलालले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनाधेश अनुसार उत्कृष्ठ कार्यहरु गर्दागर्दै आफ्नै पाटीका नेताहरुबाट घेराबन्धीको सामना गर्नुपरेको बताउनुभयो । नेपाल कम्युनिष्ट पाट्री नेकपा सम्बद्ध मोर्चा संगठनहरुको बृहत भेलालाई बिहीबार हेटौंडामा सम्बोधन गर्नुहुँदै नेता खुलालले सरकारका राष्ट्रवादी कामहरुका कारण प्रधानमन्त्रीले चौतर्फी घेराबन्धीको सामना गर्नुपरेको बताउनुभयो ।
नेता खुलालले केपी ओली नेतृत्वको सरकारले जनताको र राष्ट्रको शिर उचो हुने काम गरेको उहाँले बताउनुभयो । तर, विकास विरोधीहरुलाई उक्त कुरा अपच भएको बताउनुभयो । उहाँले केपि शर्मा ओलीले जनादेश अनुसार गर्नुभएको समृद्धिको नेतृत्व, राष्ट्रियताको सवालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत क्षेत्रहरु नेपालको आधिकारिक नक्सामा समेट्ने र त्यसका लागि सर्वसम्मतरुपमा संविधान संशोधन गर्नेकार्यआदिबाट अत्तालिएकाहरुले सरकारलाई पटकपटक घेराबन्दी गर्ने तथा असफल सिद्ध गर्ने चेष्टा र पछिल्लो पटक अविश्वासको प्रस्ताव समेत ल्याउने घृष्टता भएपछि मात्रै प्रधानमन्त्रीले जनताकोबीचमा जाने निर्णय गर्नुपरेको छर्लङग रहेको बताउनुभयो ।
नेता खुलालले विकास विरोधि मकवानपुरकै प्रदेश सांसदहरुले मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएको समेत बताउनुभयो । जनताले त्यस्ता विकास विरोधिहरुलाई पक्कै कारबाही गर्ने बताउनुभयो । उहाँले प्रदेशको स्थायी राजधानी हेटौंडालाई तोक्ने देखिलीएर स्वास्थ्य, शिक्षा, सडक, खेलकुदका क्षेत्रमा मकवानपुरकै मुख्यमन्त्री भएका कारण धेरै महत्वपुर्ण काम भएको वताउनुभयो । अहिलेको समयमा जनताले गुट उपगुटको पक्षमा भन्दा पनि विकासप्रेमी नेतृत्वलाई साथ दिनुपर्ने उहाँको भनाई थियो ।
भिडियो हेर्नुहोस