मकवानपुर – मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसंगै भिडभाड बढ्नुका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको पलना नहुँदा दैनिक संक्रमण बढ्दै गएको हो ।
जिल्लामा आज मात्रै थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको पिसिआर र ५१ जनाको एन्टीजन विधिबाट परीक्षण गर्दा क्रमशः ९१ जना र ८ जना गरी थप ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसंगै जिल्लामा हालसम्म १२ हजार ८ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार जिल्लामा ६७ जनामा र मंगलबार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै जिल्लामा १२ हजार ३७ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल ६ सय ६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय ५४ जना होम आइसोलेसनमा र ५२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।