हेटाैंडा– हेटौंडामा आज एक महिलाको शव फेला परेको छ । हेटौंडा–५, स्थित रुद्रेश्वर मन्दिर नजिकैको जंगलमा हेटौंडा–५, पिप्ले निवासी ६० वर्षीया लेखकुमारी सुवेदीको शव भेटिएको हाे । भाद्र २८ गते दिनको साढे तिन बजेबाट परिवारबाट सम्पर्क विहिन हुनुभएकी सुवेदीकाे शव जंगलमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।