labser bista

मकवानपुर– प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णयको थाहा नगरपालिकाले स्वागत गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई राजधानी र नामको विषयमा निर्देशन दिने निर्णय गरेकोमा सोको थाहा नगरपालिकाले स्वागत गरेको मेयर लवशेर विष्टले बताए । नेकपाको १३ पौषमा बसेको सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको विषयमा निर्णय गरेको हो । 

नेकपाकै सांसदहरु एकमत नहुँदा दुई वर्षदेखि राजधानी र नामको विषयमा निर्णय हुन नसकेपछि सचिवालयले निर्णय गरेको हो । मुलुककै ट्रन्जिट प्वाइन्टको रुपमा रहेको हेटौंडालाई राजधानी तोक्ने निर्णय गरेकोमा नगरपालिकाले स्वागत गरेको मेयर विष्टले बताए ।