मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनीक गरिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा शुक्रबार आयोजित नवौं गाउँसभामा उपाध्यक्ष राजिव श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको वास्तविक आर्थिक, भौगोलीक र सामाजिक अवस्था कोभिड–१९ र मनसुनजन्य जलउत्पन्न प्रकोपबाट सृजित चुनौति तथा गाउँपालिकाको बिशेष प्राथमिकतामा परेका विषयलाई आधार मानि आर्थिक वर्ष २०७९÷८० को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमलाल महर्जनले बताउनुभयो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका पक्षहरुलाई महत्व दिको उहाँले बताउनुभयो ।
हेर्नुहोस् नीति कार्यक्रमको पूर्णपाठ