मकवानपुर – मकवानपुरको बिकट कैलाश गाउँपालिकाले आगामी आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका अध्यक्ष लोकबाहदुर मोक्तानको अध्यक्षतामा शुक्रबार आयोजित दशौं गाउँसभामा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले चालु तर्फ २७ करोड ४४ लाख ४६ हजार ५ सय र पूँजीगत तर्फ २३ करोड ७१ लाख ५१ हजार ५ सय गरि कुल ५१ करोड १५ लाख ९८ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत नीति कार्यक्रम र बजेट गाउँसभाले पारित गरेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको आर्थिक विकास, भौतिक विकसलाई पथमित्ता दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, लगायत समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका पक्षहरुलाई महत्व दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले बताउनुभयो ।
हेर्नुहोस् पूर्णपाठ